३० आश्विन २०८३, शुक्रबार

सन्नी लियोनीलाई देश छोड्न धम्की !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny-leioneमुम्बई । पछिल्लो समय विवादमा तानिएकी पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीलाई देश छाड्न धम्की आएको छ ।

समाजमा सेक्स भिडियो सार्वजनिक गरेर अश्लीलता फैलाएको आरोपमा प्रहरी चौकीमा दिनहुँ वयान दिइरहेकी सन्नीलाई बलिउडकै एक कलाकारले भारत छोडेर जान धम्की दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बलिउड नायिका राखी सावंतले देशमा सबैले सन्नीलाई देख्न नचाहेको भन्दै देश छोडेर जान चेतावनी दिएकी हुन् । उनले सन्नीले तत्काल देश नछाडे हजारौं नागरिकले आफै देश निकाला गर्ने धम्की समेत दिएकी छिन् ।

अभिनेत्री राखीले बलिउड फिल्म इण्डस्ट्रीमा सन्नीका लागि कुनै ठाउँ समेत नभएको बताइन् । मिड डेको खबर अनुसार राखीले देश छाड्ने धम्की मात्रै दिईनन् । सन्नीलाई बलिउडमा काम गर्ने कुनै ठाउँ नभएकाले झोला झिम्टी बोकेर पुरानै संसारमा फर्कन सुझाव समेत दिएकी छिन् ।

यूट्यूबमा सेक्स भिडियो राखेर अश्लीलता फैलाएको मुद्दामा राखीले सनीलाई चेतवानी तथा धम्की दिएकी हुन् । एजेन्सी