३० आश्विन २०८३, शुक्रबार

जस्ता बिक्रीको आरोप लागेका अर्थमन्त्रीका पीएको अर्को ताण्डव नृत्य, रिपोर्टर्स क्लवमा पत्रकार कुटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-mahatकाठमाडौं, १७ जेठ । राहतको जस्तापाता नुवाकोटमा लगेर निजी ढंगले बिक्री गर्न खोजेको आरोप लागेका अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव(पीए) रमेश महतले अर्को ताण्डव नृत्य देखाएका छन् ।

उनले आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा जस्तापाता काण्ड सम्बन्धी प्रश्न गर्ने एक पत्रकारलाई नै थप्पड हानेका छन् । आइतबार दिउँसो रिपोटर्स क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रश्न गर्ने पत्रकारलाई नै उनले हिर्काएका हुन् ।

राहतको जस्तापाता बिक्री गर्न लाग्दा नुवाकोटमा स्थानीयले नियन्त्रणमा लिएर प्रदर्शन गरेका थिए । पीए महतले आफुले जस्तापाता विक्रीका लागि नलगेको भन्दै आइतबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए । निकै आक्रोशित मुद्रामा देखिएका महतले अन्ततः पत्रकारलाई कुटेका हुन् ।

यस सम्बन्धी प्रारम्भिक अनुसन्धानमा पीए महतले कांग्रेस कार्यकर्तालाई मात्र जस्तापाता वितरण गर्न लिएर हिँडेको खुलेको छ । अर्थमन्त्रीका पीए महत व्यापारीहरुसँग असुली गरेको भन्दै अर्को विवादमा समेत तानिएका छन् ।