– सुशिल नेपाल
पाल्पा । भूकम्प गएपछि रोकिएको राजु गिरी निर्देिशत चलचित्र ‘बिन्दास ३’ आउँदो असार १ गतेबाट छायांकनमा जाने भएको छ ।
निर्देशक राजु गिरीले ७ दिन छायांकन भई रोकिएको चलचित्रको १ गते नेपालगञ्जबाट छायांकन सुरु गरिने बताए । उनले भने ‘अलि चाँडो जाने कुरो थियो अहिलेको गर्मीले गर्दा असार सुरुबाटै जाने तयारी भएको छ ।’
चलचित्रमा अशोक फुयाल, शुभेक्षा थापा, मनिष कार्की, सिनेश शाही, सुदन दिग्तेल, सुभाष खड्का लगायतको अभिनय रहेको छ ।
लभस्टोरी र कमेडी पारामा बन्ने चलचित्र बिन्दास ३ कार्तिकमा तिहारको समयमा प्रदर्शनमा ल्याउने निधो समेत गरेको निर्देशक तथा निर्माता समेत रहेका गिरीले बताए ।
त्यस्तै, उनै गिरीद्धारा निर्देशित चलचित्र ‘मखमली’कोसम्पादन सकिएर डबिङमा कार्य चलिरहेको छ । चेलिबेटी बेचबिखन सम्बन्धि बनेको चलचित्र मखमलीमा अशोक फुयाल, शुभेक्षा थापा, जीवन गिरी, उत्तम केसी, सुदन दिग्तेल, पबन बस्नेत, दुर्गेश थापा लगायतको अभिनय रहेको छ ।
चलचित्र मखमली नायिका शुभेक्षा थापाले निर्माण गरेकी हुन । चलचित्रमा अर्जुन पोखरेल र टिका भण्डारीको संगित, रोशन श्रेष्ठको द्धन्द्ध रहेको छ ।

















प्रतिक्रिया