३० आश्विन २०८३, शुक्रबार

सन्नी लियोनीले भनिन्-‘मैले पोर्न फिल्म खेलेको छैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny leoni

मुम्बई । पोर्न स्टारबाट बलिउड छिरेकी नायिका सन्नी लियोनीले आफूले पोर्न फिल्म नखेलेको दाबी गरेकी छिन् ।

मुम्बईको ठाणे पुलिस थानामा परेको उजुरीपछि सन्नीले आफूले भारतमा पाइला टेकेदेखि पोर्न फिल्ममा काम नगरेको दाबी गरेकी हुन् । उनीविरुद्ध मुम्बई प्रहरीमा पोर्न फिल्म बेवसाइटमा राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा मुद्दा परेको छ ।

उक्त मुद्दा परेपछि सन्नीले आफ्नो धारणा राख्दै अतीतको कुरालाई वर्तमानसँग जोड्नु गलत भएको बताईन् । ‘हो बलिउड आउनुभन्दा पहिला पोर्न फिल्म खेल्थे । तर आजको अवस्था फेरिएको म बलिउडको एउटा जिम्मेवार कलाकार हुँ ।’ उनले भनेकी छिन् ।

टाईम्स अफ इण्डियाको रिपोर्ट अनुसार सन्नीले प्रहरीलाई दिएको वयानमा ‘वेवसाइटमा हालिएको सेक्स भिडियो पूरानो भएको बताउँदै अहिलेपनि त्यसको प्रयोग मात्रै भएको बताईन् ।

‘बलिउडमा आउने वित्तिकै पोर्न उद्योगलाई मैलेल छाडेसकेकी छु । म अब जिन्दगीमा अगाडी बढ्न प्रयास गर्दैछु । त्यस्तो बेला मेरो अतीतबाट मलाई डराउने कदम ठीक छैन् ।’ एजेन्सी