१६ कार्तिक २०८३, सोमबार

नेपालको भविष्य हाम्रो काधमा छ : प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौँ, १५ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले आफू नेपाली र नेपालको भविष्यप्रति अत्यन्त आशावादी रहेको बताउनुभएको छ ।

उहाँले सो कुरा आज प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आउनुभएको नेपाल बैंक लिमिटेडका कर्मचारीसँंग बताउनुभएको हो ।

कर्मचारीले प्रदान गरेको ८७ लाख २५ हजार ६०५ रुपैयाँ ८० पैसाको चेक ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सरकारको त केन्द्रीय तहदेखि स्थानीय तहसम्म संरचना छ । यस्तो संरचनाबाट सहयोग पुग्दैन भनेर अफवाह फिजाउनेसँग सतर्क रहनु पर्छ ।”

उहाँले यो अप्रत्याशित भूकम्पको अकल्पनीय विनाशबाट पीडितको खोजी, उद्धार, राहत र पुनः स्थापनाको कार्यलाई विदेशीले सराहना गरेको बताउनुभयो । जस्तोसुकै विकसित मुलुकमा पनि प्राकृतिक प्रकोपको व्यवस्थापन गर्न पाँच÷सात दिन लाग्ने बताउँदै उहाँले भन्नुभयो, “सीमित स्रोत साधन, सीमित जनशक्ति र उपकरणका बीचमा नेपालमा जुन ढङ्गले काम भयो, त्यो सराहनीय छ ।”