३० आश्विन २०८३, शुक्रबार

टुँडिखेलमा भूकम्पका स्वरहरु गुञ्जने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-songs

काठमाडौं, १५ जेठ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा टुँडिखेलको सैनिक मैदानको राहत शिविरमा जेठ १६ गते महाभूकम्पपछि सिर्जना गरिएका गीतहरु गुञ्जने भएका छन् ।

शनिवार दिउँसो २ः३० बजे देशका सर्जकहरु भेला भएर बिनाशकारी महा भूकम्प पछिका सिर्जना सुनाउने कार्यक्रम तय भएको हो ।

राष्ट्रकवि माधव घिमिरे प्रमुख अतिथि रहनु हुने सो विशेष कवि गोष्ठीमा डेढ दर्जन कविहरुले कविता, मुक्तक, गीत, गजल आदी सुनाउने कार्यक्रम छ ।

यस अघि प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको पहल र प्रयाशमा काठमाडौं र रसुवाका केही ठाउँमा पुगेर ३ लाख २५ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरि सकिएको जानकारी प्रतिष्ठानका महासचिव रमेश पौडेलले दिए ।