३० आश्विन २०८३, शुक्रबार

काठमाडौंलाई बिहानै भूकम्पका धक्काले स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathmandu-Ma-Bhukampaकाठमाडौं, १४ जेठ । काठमाडौं केन्द्रविन्दू रहेको भूकम्पको पराकम्पनसहित आज बिहानै चार वटा धक्का महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं, दोलखा तथा गोरखा–धादिङमा गरी चार वटा भूकम्पका पराकम्पन गएका छन् । भूकम्पको धक्का राजधानीमा ठूलै महशुस गरिएको छ ।

केन्द्रका अनुसार बिहान ५ बजेर २९ मिनटमा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा ४ दशमलव २ म्याग्नेच्युटको पराकम्पन गएको छ ।

त्यसै गरी काठमाडौंको सैँबु नजिकै केन्द्रविन्दू रहेको ४ म्याग्ने च्युटको भूकम्पको पराकम्पन बिहान ५ बजेर १२ मिनटमा गएको छ ।

त्यसै गरी गोरखा र धादिङको सीमानामा केन्द्रविन्दू रहेका दुई वटा पराकम्पन गएका छन् । दुबै पराकम्पन ४ म्याग्नेच्युटका थिए ।

पहिलो पराकम्पन बिहान ३ बजेर ७ मिनटमा सल्यानटार नजिक र दोस्रो पराकम्पन ३ बजेर ४० मिनटमा भाल्चे नजिक गएको थियो ।