काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुनर्बासको काम भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको बैठकमा बुधबार प्रधानमन्त्री कोइरालाले सबै पक्षको प्रयासमा पुनःस्थापना र पुनःनिर्माणको काम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व तयारी नहुँदा यस्तो विपद्लाई धान्न समस्या परेको बताउँदै उहाँले उपलब्ध साधन र स्रोतका आधारमा सबै राजनीतिक दलको सहयोगबाट विपद्पछिको कार्यलाई अगाडि बढाइएको बताउनुभयो ।
विपद्को अवस्थाबारे जानकारी दिन समितिले प्रधानमन्त्रीलाई बोलाएको थियो । त्यही क्रममा प्रधानमन्त्री कोइरालाले सबैले सरकारसँग अपेक्षा गर्ने भएकाले यस अवस्थामा आलोचनालाई आफूले सहजरुपमा लिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “राम्रो बसोबास होस्, कसैले दुःख भोग्न नपरोस् भनेर इन्जिनियरको टोलीलाई गाउँ गाउँ पठाइएको छ ।”















प्रतिक्रिया