– सुशिल नेपाल
पाल्पा, १३ जेठ । देशमा गएको विनाशकारि महाभूकम्पको कारण आज देश लाई ठुलो क्षति पुगेको बेला चलचित्र उद्योगमा पनि ठुलै क्षति पुग्यो । लाखौ नेपाली घरवार बिहिन भए, कति परिवारविहिन भए त कति भोकभोकै भए ।
राहत वितरणमा चलचित्र क्षेत्रका थुप्रै चलचित्रकर्मीहरु पनि सक्रिय रहे । जसमा निर्माता तथा कलाकार सुनिल रावल पनि एकदमै सक्रिय रहे । उनी दिनरात नभनी बिभिन्न क्षेत्रमा आफ्नो तथा चलचित्र व्यानर दुर्गेश फिल्मस टिमको तर्फबाट राहत वितरणमा सक्रिय रहे ।
दैनिक नेपालसंग उनले भने ‘मेरो चलचित्र रिलिज डेट दैलेमा आएको समयमा आएको महाभूकम्पले १० लाख बराबरको क्षति पुर्यायो, तर देशले नै ठुलो क्षति व्यहोरेको छ, त्यसैले यो मेरो क्षति केहि होइन ।’
आफनो चलचित्र रिलिज डेट नजिकिँदै गर्दा आएको महाभूकम्पले आफूलाई १० लाख बराबरको क्षति पुर्याएको बताउने उनले आफ्नो तथा चलचित्र टिमको तर्फबाट ३० लाख बराबरको राहत प्रदान गरेको बताए ।
यसरी यो अवस्थामा पीडितका लागि राहतमा निरन्तर लागेका उनी एक राम्रा निर्माता मात्र रहेनन् आपतमा सहयोग पुर्याई एउटा सच्चा मन भएका समाजसेवी समेत बने । उनको चलचित्र होस्टेल रिटन्र्स भाद्र ४ मा रिलिज हुँदैछ ।
















प्रतिक्रिया