३० आश्विन २०८३, शुक्रबार

भूकम्प ज्यान गुमाएका परिवारको दाससंस्कार गर्न समेत कतारले नेपाली कामदारलाई स्वदेश फर्कन दिएन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hari  bahadur budhaकतार, ११ जेठ । भूकम्पबाट परिवारका पाँच सदस्य गुमाएका पटमारा–३ जुम्लाका हरि बुढा एक सातादेखि कतारस्थित नेपाली राजदूताबासमा आश्रय लिएर बसेका छन् ।

आँखाभरि आँसु लिएर एकोहोरो टोलाई भक्कानिँदै हरिले भन्नुयभो, “भाइ, गाडी चलाउने पेसा गर्दै भक्तपुरमा बसेको थिएँ, परिवारसँगै भएकाले छोरालाई पनि पढ्न उतै राखेको थिएँ, विनाशकारी भूकम्पबाट सबैको ज्यान गयो, म घर जान पाएको छैन ।”

एक महिना पुग्न लागिसक्दा समेत उहाँ नेपाल जान नसक्दा शव बुझेर दाससंस्कारसमेत भएको छैन । भूकम्पबाट आफ्नै भाइ वीरबहादुर, बुहारी लाली , भतिजा उजेश बुढा र सुरेश बुढासँगै आफ्नै छोरा रमेशले ज्यान गुमाउनुभएको छ ।

बाइस महिनाअघि कतार हानिनुभएका हरिले न त कमाउन नै सक्नुभयो, न त परिवारलाई नै अन्तिम समयमा भेट्न जान सक्नुभयो । कतार आएको नौ महिनामै कम्पनी बन्द भएपछि उहाँका दुःखका दिन सुरु भयो । कतार आउँदा लिएको ऋणको सावाँ ब्याजले धान्न नसक्ने भएपछि लुकीछुपी काम गर्ने क्रममा बिमारी हुनुभएका हरि यतिखेर निकै अशक्त हुनुहुन्छ ।

नेपाल जान दूतावासको शरणमा रहे तापनि साता दिनसम्म कुनै चासो नदिँदा उहाँ यतिखेर निकै चिन्तित देखिनुहुन्छ । दैनिक कतारी १२ रियल खानाका लागि दूतावासले दिन्छ तर राम्रोसँग एक छाक खानसमेत पुग्दैन । उहाँले भन्नुभयो, “विपत्तिमा परेको बेला कूटनीतिक पहल गरेर नेपाल पठाउन दूतावास सक्रिय नहुँदा अझै कति दिन बस्नुपर्ने हो, कुनै टुङ्गो छैन ।”

पीडित बुढा समस्यामा परेको खबर पाएलगत्तै गैरआवासीय नेपाली सङ्घ कतारले एक हजार २५० रियल रकम उठाई तत्कालै दूतावासमा गएर खानाका लागि सहयोग गरिएको नेपाली सङ्घ कतारका सदस्य प्रेम सिटौलाले जानकारी दिनुभयो । रासस