३० आश्विन २०८३, शुक्रबार

निखिल उप्रेती लुटेराबाट कसरी प्रहरी बने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhil-upradiकाठमाडौं । केही समय अगाडी निखिलको उप्रेतीको फिल्म हेर्न कसैले पनि छुटाउँदैनथे । जतिपनि निखिलका चलचित्रहरु निर्माण हुन्थे । ति सबै सफल हुन्थे । दर्शकले पनि नबिराइ हेर्ने ।

तर बीचमा निखिल उप्रेती दर्शकको मायालाई टाढा राख्दै हराए । निखिल हरापछि फिल्मी बजारदेखि दर्शक सम्मले खोजी गरे । तर पनि निखिललाई भेट्टाएनन् । बीचमा हराएका निखिल फेरि फिल्मी बजारमा प्रवेश गरेका छन् ।

उनी प्रतिष्ठित फिल्म भैरबबाट नेपाली चलचित्र बजारमा कमब्याक हुँदैछन् । कमब्याककै क्रममा उनको अर्का चलचित्र पनि निर्माण हुँदैछ । लुटेरा नामको उक्त चलचित्रमा पनि निखिलको भूमिका रहेको छ ।

looteraकमब्याकको क्रममा निखिल चरित्र लुटरादेखि प्रहरीसम्म देखिने भएको छ । निखिलले चलचित्र भैरवमा प्रहरीको भूमिका निभाएका छन् । भने, लुटेरामा डनको भूमिकामा देखिएका छन् ।

चलचित्र भैरव प्रदर्शनको तयारीमा छ । लुटेरा निर्माणको काम अझै केही बाँकी छ । दुबै फिल्मबाट निखिलल लुटेरादेखि प्रहरीको भूमिकामा देखिएका हुन् । उनका यी दुबै चलचित्र रिलिज हुने तयारीमा रहेका बेला भूकम्प आएर बाधा पुगाएको छ ।

निखिलको ‘भैरव’ भदौ ११ गते देखि प्रदर्शन आउने भएको छ । यसअघि निखिलको यो फिल्मलाई यही जेठ २२ प्रदर्शन गर्ने तयारी गरिएको थियो ।

निखिल अभिनित अर्को फिल्म ‘लुटेरा’ लाई कार्तिक २५ गते प्रदर्शनमा ल्याईने भएको छ । चोर पुलिसको कथामा आधारित फिल्म भैरबमा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको छ ।