

म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी एकाएक थुनिएपछि त्रास फैलिएको छ । खासगरि, बैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पनका कारण राम्चे गाविस वडा नम्बर ९ को काफलडाँडाको भीरको पहाडमा पहिरो खस्न थालेको हो । सोही पहिरोले गएरातिदेखि कालीगण्डकी नदीलाई थुनेको हो । पहिरो नियमित खसिरहेको छ । बैसरीको एउटा बस्ती पुरिएको छ । पहिरोले कालीगण्डकी नदीमा दुई सय मिटर अग्लो ड्याम बनेको छ ।















प्रतिक्रिया