३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई राहत जुटाउन तिर्सना बुढाथोकी झापामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trishna-bhudathokiझापा । गत बैशाख १२ गते गएको भूकम्पपछि नेपाली सिनेमा क्षेत्रमा कलाकारहरु पनि भूकम्प पीडितको राहतका लागि जुटिरहेका छन् । यसैक्रममा चर्चित मोडल तथा नायिका तिर्सना बुढाथोकी आफ्नो जन्मथलो धादिङको सल्यानकोटका भूकम्प पीडितलाई राहत सामग्री जुटाउन झापा पुगेकी छिन् ।

झापामा रहेकी तिर्सनाले दैनिक नेपालसँग कुराकानी गर्दै भनिन्- भारतबाट चामल सहितका राहत समान मगाएको छु । मेरो आफ्नै प्रयासमा १ लाख रुपैयाँ बराबरको राहत सामान जन्मथलो धादिङको सल्यानकोटका करिब २ सय घरपरिवारलाई बितरण गर्ने लक्ष्य रहेको छ ।

निकै नै हट र कामुक तस्विर दिएर चर्चामा आउने मोडल तिर्सनाले भनिन् – आज भूकम्पको पीडाले देश रोईरहेको बेला मलाई पनि केही सहयोग गर्न मन लागेको छ । उनले भनिन् – मेरो मन साह्रै रोएको छ । मलाई काठमाडौमा बस्नै मन नलागेर, आफ्नो जन्मथलो भूकम्पको पीडामा रहेका बेला म सबै काम छाडेर अहिले राहत जुटाउनमा ब्यस्त रहेको छु ।

मोडल तिर्सना आफैपनि भूकम्प पीडित हुन् । काठमाडौमा उनी बस्दै आएको घर भूकम्पका कारण भत्किएको छ भने उनले संचालन गर्दै आएको क्याफे समेत चर्किएको छ । भूकम्पकै कारण उनले आफ्नी हजुरआमालाई पनि गुमाएकी छन् ।

मोडल तिर्सना भूकम्प पीडित भएर पनि देश रोईरहेका बेला मनमा हरेष नखाईकन पीडितलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ लागि परेकी छन् । भूकम्पको त्रास कम नभएसम्म आफु काममा नफर्किने समेत उनले बताएकी छन् ।

प्रस्तुति: सुमन घिमिरे