३० आश्विन २०८३, शुक्रबार

अमेरिका र भारतलाई टक्कर दिन चीनले बनायो एसियाली बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese President Xi Jinping waits to welcome French Prime Minister Manuel Valls at the Great Hall of the People in Beijing

बेइजिङ, ८ जेठ । सन्ताउन्न मुलुकका वार्ताकारले चीनको नेतृत्वमा स्थापना हुने एसियाली क्षेत्रीय बैंकको घोषणापत्र तयार गर्ने काम शुक्रबार सम्पन्न गरेको जानकारी चिनियाँ अर्थ मन्त्रालयले दिएको छ । यस घोषणापत्रमा जुन महिनाको अन्त्यतिर हस्ताक्षर हुने बताइएको छ ।

एसियाली आधारभूत संरचना लगानी बैंक स्थापना गर्ने प्रस्तावलाई अमेरिकाले विरोध गरे पनि बेलायत, न्यु जिल्यान्ड तथा फ्रान्सलगायत पश्चिमी मुलुकले अनपेक्षित तर व्यापक रूपमा समर्थन गरेका छन् । वासिङ्टन तथा उसका सहयोगी जापानले भने यस बैंकको सदस्यता प्राप्त गर्न चासो देखाएका छैनन् ।

सिङ्गापुरमा प्रस्तावित मुलुकका दूतहरूको तीन दिनसम्म भएको बैठकपछि उक्त घोषणापत्रमा सहमति भएको अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । भारत, जर्मनी तथा थाइल्यान्डलगायत अन्य मुलुकले पनि यस बैंकको सदस्य हुन अभिरुचि देखाएका छन् ।

शुक्रबारको विज्ञप्तिमा यस घोषणापत्रका विषयमा केही पनि जानकारी दिइएको छैन । अर्थ मन्त्रालयले यस विषयमा थप विवरण पनि दिएको छैन ।

यस बैंकले रेलमार्ग, मालसामानका लागि बन्दरगाह तथा अन्य व्यापार सम्पर्क स्थापना गर्ने आधारभूत संरचनामा लगानी गर्ने अभिप्राय राखेको छ । बेइजिङले आरम्भमा ५० अर्ब अमेरिकी डलर पूँजी लगानी गर्ने बचन दिएको छ र उसले यसको कूल पूँजी १०० अर्ब अमेरिकी डलर पुग्नसक्ने जानकारी दिएको छ ।

विश्व बैंकजस्ता विद्यमान संस्थालाई यस बैंकले कमजोर बनाउन सक्ने भनी अमेरिकी सरकारले विरोध जनाएको छ । साथै यस बैंकले ऋणको स्तरलाई कमजोर हुनदिनसक्ने भन्ने आशङ्का अमेरिकाले गरेको छ ।

चिनियाँ अर्थमन्त्री लु जिवेइले मार्च महिनामा यस्ता चिन्ता शान्त पार्न प्रयास गर्नुभएको थियो । उहाँले यस बैंकले स्थापित संस्थालाई बलियो बनाउने र विश्वको अर्थतन्त्रलाई अझै अगाडि बढाउन निकै प्रयास गर्ने बताउनुभयो भनी सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको थियो । रासस/एपी