बोगोटा, ८ जेठ । बिहीबार कोलोम्बियाको सैनिकले गरेको हवाई आक्रमणमा १८ जना एफएआरसी गुरिल्ला मारिएको बताइएको छ ।
सो गुरिल्ला समूह विरुद्ध गत महिनादेखि राष्ट्रपति जुआन मनुएल सन्तोसको आदेशमा हवाई आक्रमण रोकिएकोमा त्यसपछि पहिलो पटक यो भीषण हमला भएको थियो ।
यसअघि पनि सो देशमा उक्त विद्रोहीका विरुद्धमा हवाई कारबाही जारी नै थियो र गत अप्रिल १५ बाट सो आदेश रोकिएको समाचारमा जनाइएको छ ।
आफ्नो नाम नबताउने शर्तमा रक्षा मन्त्रालयका एक अधिकारीले सो कारबाही पुनः सुरु भएको र उनीहरुका विरुद्धमा हवाई कारबाही जारी राखिने जानकारी दिएका छन् । रासस/एएफपी















प्रतिक्रिया