३० आश्विन २०८३, शुक्रबार

भूकम्पले भवन भत्किदा ९ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-house
फाइल तस्वीर

गुइयाङ्ग (चीन), ८ जेठ । चीनको दक्षिण–पश्चिमीे गुइचोउ प्रान्तको प्रान्तीय राजधानी गुइयाङ्गमा शुक्रबार बिहान एक व्यक्तिको शव निकालेपछि सो प्रकोपमा मारिने व्यक्तिको सङ्ख्या नौ पुगेको बताइएको छ ।

सो भवनको भग्नावशेषमा अझै सात व्यक्ति बेपत्ता भएका जनाइएको छ । दक्षिण–पश्चिमी चीनको गुइचोउ प्रान्तको प्रान्तीय राजधानी गुइयाङ्गमा अवस्थित एक नौ तले भवन स्थानीय समयाअनुसार गत बुधबार ११ः३० मा भत्किएको थियो ।

बुधबार बेलुका भत्किएको सो भवनको भग्नावशेषबाट ९८ जना व्यक्तिलाई सुरक्षित तरिकाबाट उद्धार गरिएको जनाइएको छ । गत मंगलबार गएको शक्तिशाली भूकम्पको कम्पन चीनमा पनि महसुस भएको थियो । त्यही कम्पनले उक्त भवन भत्किएको बताइएको छ ।

उक्त भत्किएको भवनबाट नौ व्यक्तिको शव प्राप्त भएको जानकारी प्रान्तीय प्रहरीले दिएको छ । बेपत्ता व्यक्तिको जीवित उद्धार गर्न सकिन्छ भनेर उद्धार कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानदेखि सुरु भएको वर्षाले गर्दा उद्धार कार्यमा कठिनाई परेको जनाइएको छ । रासस/सिन्ह्वा