नाननिङ्ग (चीन), ८ जेठ । दक्षिणी चीनको गुआङ्गसी जुआङ्ग स्वायत्त क्षेत्रमा अवस्थित एक किन्डरगार्डेनका बालबालिका चढेको एक बस पोखरीमा खस्दा भएकमो दुर्घटानमा परी दुई बालबालिकाको मृत्यु हुनुको साथै अन्य २१ जना घाइते भएका छन् ।
स्थानीय शिक्षा अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् । गुइपिङ्ग सहरमा रहेको सो विद्यालयका एक शिक्षिकासहित २३ जना बालबालिका सवार रहेको सो बस पोखरीमा खसेर दुर्घटानग्रस्त भएको बताइएको छ ।
सो दुर्घटनामा घाइते भएका ११ बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ । सो घटनामा घाइते भएका सवै बालबालिकालाई नजिकैको अस्पताल लगिएको जनाइएको छ । रासस÷सिन्ह्वा















प्रतिक्रिया