३० आश्विन २०८३, शुक्रबार

सोलोमोनमा फेरि ६ रिक्टर स्केलको भूकम्प, ज्वालामुखी विस्फोट र सुनामीको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-solomon_annotated

सिड्नी, ८ जेठ । शुक्रबार सोलोमोन द्वीपमा पुनः ६. रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

तर यस भूकम्पपछि सुनामीको चेतावनी नदिइएको र यसबाट कुनै ठूलो क्षति पनि नभएको जनाइएको छ । सोलोमोन द्वीपमा ६.९ रिक्टर स्केलको भूकम्प गएको एक दिन पछाडी पुनः ६ रिक्टर स्केलको भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ ।

सो भूकम्पको केन्द्रविन्दु सोलोमोन द्वीपको राजधानी होनिआरादेखि ५६ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा रहेको पनि सो संस्थाले जनाएको छ ।

गत बिहीबार गएको ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्पपछि ४.९ रिक्टर स्केलको पराकम्पन आएको पनि समाचारमा जनााइएको छ ।

हालसम्म प्राप्त तथ्याङ्कअनुसार सो शक्तिशाली भूकम्पहरुपछि पनि सुनामी चेतावनी भने नदिएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

सोलोमोन द्वीप अग्निचक्रभित्र पर्ने देश भएको हुनाले यहाँ भूकम्प र ज्वालामुखी विस्फोटजस्ता घटना भइरहने गर्दछ ।

सोलोमोन विश्वको तुलानामा नै एक भूकम्पीय जोखिममा रहेको क्षेत्र भएको हुनाले यहाँ तीन वर्षयता ६.० रिक्टर स्केलभन्दा बढीको ३० भन्दा बढी भूकम्प आइसकेको अस्ट्रेलियाली भूकम्प विज्ञ मार्को मालडोनीले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

यसै महिनाको सुरुमा पनि छिमेकमा पर्ने पपुवा न्यू गिनीमा ७.१ रिक्टर स्केलको भूकम्प गएको र सुनामी चेतावनी दिइएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो ।

सोलोमोन द्वीपमा सन् २०१३ मा ८.० रिक्टर स्केलको भूकम्प गएको र यसबाट कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पबाट हजारौं व्यक्ति घरवारविहीन भएका थिए । रासस/एएफपी