सप्तरी, ६ जेठ । सप्तरीको शम्भुनाथ नागरपालिका–३ स्थित काचन्धामा गएराति नाकाबधारीको एक समूहले तीनवटा घरबाट करिब रु २५ लाख बराबरको सामान लुटर लगेको छ ।
पन्ध्र÷बीस जनाको समूहमा आएको नकाबधारीको समूहले स्थानीय बसिर मियाँ, विद्यान्नद चौधरी र छिमेकी महेन्द्र चौधरीको घरबाट सुन, चाँदी र नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
लुटपाट गरी फरार रहेकाको खोजीकार्य तीव्ररुपमा भइरहेको प्रहरी जनाएको छ । रासस
















प्रतिक्रिया