५ कार्तिक २०८३, बिहिबार

भूकम्पपीडितलाई तमू प्ये ल्हु संघ हङकङको ३० लाखको औषधि सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tamu-hongkong (2)

पोखरा, ६ जेठ । गत बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पबाट घाइते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिरहनुभएका घाइतेहरुको उपचारको लागि तमू प्ये ल्हु संघ हङकङ शाखाले करिव ३० लाख बराबरको स्वास्थ्य उपचार सामग्री र औषाधि सहयोग गरेको छ ।

तमू प्ये ल्हु संघ हङकङ शाखाको सक्रियतामा भूकम्पबाट घाइते भई अस्पतालमा उपचार गरिरहनुभएका घाइतेहरुको उपचारको लागि संकलित ३० लाख बराबरको उपचार सामग्री र औषधि मंगलवार एक समारोहवीच तमू प्ये ल्हु संघ केन्दि«य समिति अन्तर्गत गठित भूकम्पपिडित राहत सामग्री संकलन तथा वितरण समितिले पश्चिमाञ्चल क्षेत्रिया प्रशासक दिनेश कुमार थपलियामार्फत पश्चिमाञ्चल अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।

Tamu-hongkong (3)उक्त उपचार सामाग्री तमू प्ये ल्हु संघ केन्दि«य समितिका अध्यक्ष क्याप्टेन रुप वहादुर तमू, भूकम्पपिडित राहत सामाग्री संकलन तथा वितरण समितिका संयोजक हितकाजी तमूले क्षेत्रिया प्रशासक दिनेश कुमार थपलियामार्फत पश्चिमाञ्चल क्षेत्रिया अस्पतालका प्रमुख सुपरिटेण्डेण श्रीकृष्ण श्रेष्ठ र अस्पताल विकासका अध्यक्ष रामनाथ अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

औषधि सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, पश्चिमाञ्चल क्षेत्रिया अस्पतालका प्रमुख सुपरिटेण्डेण डा श्रीकृष्ण श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष रामनाथ अधिकारी, राहत संकलन तथा वितरण समितिका उपसंयोजक भिम तमू र सचिव ओम वहादुर तमू लगायतले भुकम्पपिडितहरुको लागि हङकङ शाखाबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

यसअघि तमू प्ये ल्हु संघले सरकारसंग समन्वय गरी गोरखामा करिव २ लाख वरावरको राहत सामग्री पठाउनुका साथै भुकम्पबाट घाइते भई पोखराका अस्पतालहरुमा उपचार गरिरहनुभएका घाइतेहरुलाई भोजनको व्यवस्था समेत गरिसकेको छ ।