५ कार्तिक २०८३, बिहिबार

पाकिस्तानले दियो असी जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flag

काठमाडौँ, ५ जेठ । पाकिस्तानले माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययन गर्ने ८० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

यहाँस्थित पाकिस्तानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अर्सद सउद खोसाले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा कक्षा १०, ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई जनही रु १० हजार प्रदान गर्नुभयो ।

त्यस अवसरमा उहाँले गरिब तथा जेहन्दार विद्यार्थी रकमको अभावमा शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भनेर थोरै भए पनि पाकिस्तान सरकारका तर्फबाट सहयोग उपलब्ध गराएको बताउनुभयो ।

चार वर्षदेखि पाकिस्तानले प्रतिभाशाली विद्यार्थीलाई स्वदेशमा नै माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययन गर्न एकमुष्ट नगद छात्रवृत्ति प्रदान गर्दै आएको छ । रासस