काठमाडौं, ५ जेठ । व्यवसायिक साझेदारीको नाममा ठगी गरेको आरोपमा सुन्धारास्थित काठमाडौं मलका संचालक पम्पी भनिने प्रवीर शमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगीको आरोपमा महानगरीय अपराध महाशाखा हनुमान ढोकाबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
महाशाखाका अनुसार राणाले ललितपुर लामाटारमा रहेको तीन रोपनी जग्गा रु एक करोडमा लिने सहमति गरेको र मालपोत कार्यालय ललितपुरबाट जग्गा पास गरिसकेपछि चेकको दस्तखत नमिलेपछि अर्को चेक काट्न आग्रह गर्दा नमानेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौा धापासीका महेशकुमार कार्कीलाई आफूसाग मिली कारोबार गरेमा छिट्टै प्रगति हुने भनी राणाले आफ्नै कम्पनी एस डेभलपमेन्टको नाममा सो जग्गाको कारोबार गरेका थिए ।
एक करोडको फर्जी चेक बनाई ठगी गरेको उजुरीका आधारमा राणालाई पक्राउ गरिएको जानकारी दिादै महाशाखाले अरु कोही व्यक्ति ठगिएको भए जानकारी दिनसमेत आग्रह गरेको छ । यही जेठ १ गते राणालाई पक्राउ गरिएको भएपनि अनुसन्धान प्रक्रिया जारी रहेका कारण सोमबार मात्रै सार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।
यस्तै राणाले सुन्धारामा रहेको कर्मचारी सञ्चय कोषको भवन १५ वर्षमा भाडामा लिई काठमाडाौ मल भाडामा दिने बहानामा धेरै व्यक्तिसाग अलग–अलग सम्झौता गरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया