५ कार्तिक २०८३, बिहिबार

भूकम्प रोक्न प्रार्थना गर्दै गुह्येश्वरीमा सामूहिक क्षमापूजा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौँ, ५ जेठ । गुह्येश्वरी भगवतीको मन्दिरमा आज बिहान भूकम्प जानेक्रम रोकियोस् भन्दै सामूहिक क्षमापूजा, यज्ञ, अनुष्ठान, चण्डी, रुद्री तथा महामृतुञ्जय पाठ एवम् सामूहिक क्षमाप्रार्थना सम्पन्न भएको छ ।

काठमाडौँस्थित योगी नरहरिनाथ ट्र्ष्ट आध्यात्मिक परिषद्का अध्यक्ष शङ्कर पौडेलको संयोजकत्वमा भएको सो क्षमापूजामा महामण्डलेश्वर स्वामी पुण्यानन्द गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त क्षमापूजामा विश्व हिन्दू महासङ्घका सभापति नीलप्रसाद भण्डारी, अध्यक्ष डा रामचन्द्र अधिकारी, दामोदर गौतम, प्रा डा रामप्रसाद उप्रेती, प्रा डा रामप्रसाद पोखरेल, चेतेन्द्रजङ्ग हिमाली, केशवप्रसाद चौलागाईं, दिनवन्धु अर्याल, पं. पुरुषोत्तम आचार्य, पं. दिनेशराज शर्माको सहभागिता रहेको परिषदले जनाएको छ ।

यसैगरी, पासाङ लामा, डा नारायणहरि गजुरेल, मणिराज तामाङ, कमलकान्त आत्रेय, विष्णुभक्त तण्डुकार, प्रा विष्णुराज पाण्डे, शङ्कर मधैया, पदमराज सुवेदी, रामकृष्ण थापा, सुदर्शन भट्टराई, अमित लामा तामाङ, शिक्षासेवी उत्तम सञ्जेल, भरतप्रसाद ढकाल, १००८ रुद्राक्षबाबा, कर्णेल कृष्णप्रसाद शर्मा, प्रा कृष्णबहादुर खड्का, प्रा हरिप्रसाद सोडारी, नानीश्वरी महर्जन, पत्रकार राजन न्यौपाने, रामलाल श्रेष्ठ, स्वामी रुद्रानन्द महाराज, प्रा डा जगदीश घिमिरे, वेदप्रकाश शर्मा, दिवाकरविक्रम शाह, बालाराम घर्तीमगर, अच्युतप्रसाद पौडेल, रोजिना गुरुङ, दीपेन लामालगायत पूजामा सहभागी हुनुहुन्थ्यो ।

शनिबार उग्रचण्डी भगवती मन्दिर, नाला, काभ्रेमा क्षमापूजा सम्पन्न भएको थियो भने सोमबार ललितादेवी तथा वाणेश्वर महादेव मन्दिरमा पूजाअनुष्ठान भएको थियो ।

आगामी जेठ ९ गते शनिबार दोलखा भीमसेन मन्दिरमा यस्तै सामूहिक क्षमापूजा गरिने परिषद्ले जनाएको छ । रासस