५ कार्तिक २०८३, बिहिबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, ४ जना गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tractor-accident

– घनश्याम पौडेल
अर्घाखाँची ५ जेठ । अर्घाखाँचीको ठुलापोखरा गाविसमा मंगलबार साझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।

खज्र्याङ्गबाट ठुलापोखरा गाविसमा बालुबा ल्याउदै गरेको लु २ त ८४४१ नम्बरको ट्याक्टर ठुलापोखराको मालेमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलबस्तु गोरुसिगे घर भएका ट्याक्टर चालक अन्दाजी ३८ बर्षिय सेरु चौधरीको मृत्यु भएको छ । घटनामा अर्घाखाँची ठुलापोखराका प्रेम थापा, राजु डम्बर पाल, तिरी थापा, र भुपाल सोमै गम्भीर घाइते भएका छन् ।

घाइते चारै जनालाई ठुलापोखरा स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ । ट्याक्टर सडकबाट तल खस्दा सडक तल रहेका दुइ गोठ पनि भत्किएको ठुलापोखराबाट नविन पौडेलले बताएका
छन ।