२ कार्तिक २०८३, सोमबार

मापदण्ड मिचेर बनेका काठमाडौंका घर भत्काइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa-guest-houseकाठमाडौं, ५ जेठ । मापदण्ड मिचेर काठमाडौंमा बनाइएका घर भत्काइने भएका छन् ।

भूकम्पले क्षति नभए पनि त्यस्ता सबै घर दोस्रो चरणमा भत्काउने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पहिलो चरणमा भूकम्पबाट क्षति भएका घर धमाधम भत्काउन थालिएको छ ।

विदेशबाट साधनसहित जनशक्ति आएपछि ठूला घर भत्काउने कार्यलाई तीव्रता दिइने प्रजिअ अर्यालले बताए ।

प्रशासनमा मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गर्दै स्थानीयले निवेदन दिएका छन् ।

प्रअिज अर्यालले मापदण्डविपरीतका घर पहिचान गरी सुरुमा घरमालिकलाई नै भत्काउन लगाउने र नभत्काएमा प्रशासनले नै भत्काउने बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनका अनुसार प्राविधिक टोलीको अध्ययन प्रतिवेदनका आधारमा घरहरु भत्काइनेछन् ।