दोलखा, ५ जेठ । भूकम्पछि सिंगो दोलखा पहिरोको उच्च जोखिममा परेका बेला जिल्ला दैवी प्रकोप उद्धार समितिले पूर्णरूपमा प्रभावित जिल्लाको उत्तरी भेगका १४ गाविसका बासिन्दालाई तत्काल त्यहाँबाट सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
जिल्ला विकास समिति दोलखाको तथ्यांकअनुसार, भूकम्पबाट प्रभावित ती १४ गाविसमा ६ हजार आठ सय ८० घरधुरी छन्।
ती घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसकिए थप मानवीय क्षति हुन सक्ने जनाइएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
वैशाख १२ पछि २९ गते आएको भूकम्पको अर्को शक्तिशाली झट्कापछि ती गाविसहरूका अधिकांश बस्तीका घर ध्वस्त भएका छन् भने निरन्तर रूपमा सुक्खा पहिरो खसिरहेको छ।
यसै कारण वर्षा याममा ती गाविसका बासिन्दा त्यहाँ बस्न नसक्ने भएकाले उनीहरूलाई अन्यत्र सानुपर्ने कारण जनाउँदै उद्धार समितिले गृहलाई आवश्यक पहल गर्न पत्राचार गरेको हो।















प्रतिक्रिया