२ कार्तिक २०८३, सोमबार

भन्सारको गोदाममा पराठादेखि पुराना कपडासम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parathaकाडमाढौं, ५ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा पकाइएका पराठादेखि प्रयोग गरिसकेका पुराना कपडासम्मको चाङ थुप्रिएको छ ।

विदेशमा सहायता संकलन गर्ने संस्थाहरु तथा दाताहरुलाई नेपालको आवश्यकता के हो भन्ने बुझाउन नसक्दा अनावश्यक र अखाद्य वस्तु आएका हुन् ।

कतिपय राहतका बाकसमा त च्यातिएका कपडा र धेरै पुराना जुत्तासमेत फेला परेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

दुईसय ४२ कार्टुन मासुसहितको खाद्यसामग्री थन्किएको पनि दुई साता पुग्न लाग्यो ।

भूकम्पको क्षतिबाट राहतको नाममा इन्डोनेसियाबाट मटन भनेर आएको उक्त सामग्रीको बाहिरि भागमा देखिएको फोटो र त्यहाँको भाषा बुझ्न नसक्दा लामो समय थन्किएको हो ।

भेडाको फोटो हो कि गाईको आधृति छुट्याउन नसक्दा परेको अप्ठेरो त्यो देशको भाषा बुझ्ने व्यक्तिमार्फत फुकाउनु परेको थियो ।