काठमाडौं, ४ जेठ । भूकम्पले अनिश्चित बनेको कक्षा ११ र १२ को परीक्षा तालिका पुनःसार्वजनिक भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदले सोमबार कक्षा ११ र १२ को नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो । परिषद्ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार कक्षा ११ को परीक्षा असार १ र कक्षा १२को परीक्षा जेठ २० गतेबाट सञ्चालन हुने भएको छ ।
तर यो परीक्षा भूकम्प प्रभावित जिल्लामा हुने छैन् । उच्च माध्यामिक शिक्षा परिषदका अनुसार भूकम्पबाट प्रभावित नभएका ६८ जिल्लामा मात्र सञ्चालन हुनेछ । भूकम्पबाट प्रभावित ७ जिल्ला धादिङ, गोरखा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा तत्काल परीक्षा सञ्चालन नहुने परिषद्ले जनाएको छ ।
भूकम्प आउनुअघि उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा बैशाख ३१ र २० गतेबाट सञ्चालन गर्न तयारी गरेको थियो ।
















प्रतिक्रिया