५ कार्तिक २०८३, बिहिबार

प्रदीप पौडेलले भूकम्प पीडितलाई ५०० घर बनाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradip-paudelकाठमाडौँ, ४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भूकम्पले आफ्नो बसोबास गुमाएका भूकम्प प्रभावित जिल्लामा ५०० घरपरिवारलाई अस्थायी घर बनाइदिने घोषणा गर्नुभएको छ ।

पौडेलले आफ्नो नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा एक हजार ५०० भन्दा बढी युवा परिचालन गरी ५०० घर टहरा निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो–“नेपाली काँग्रेसले श्रमदान गर्ने निर्णय गरेअनुसार हामी आफँैले आवश्यक निर्माण सामग्रीको जोहो गरेर प्रभावित गाउँहरूमा ५०० घर टहरा निर्माण गर्नेछौँ ।”

अभियानका लागि नेपाली काँग्रेसमा आबद्ध एक हजार ५०० भन्दा बढी युवा परिचालन गरिने र त्यसमा एकसय इन्जिनियरको सहभागिता रहने पौडेलले जानकारी दिनुभयो ।

अभियानको पहिलो चरणमा गोरखाको पालुङटारस्थित माल्ती गैरा गाउँमा ३५ अस्थायी घर निर्माण गर्ने भएको छ त्यसका लागि आज १०० युवा स्वयम्सेवक त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

गोरखापछि रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङलगायतका भूकम्प प्रभावित १३ जिल्लामा अस्थायी घर निर्माण गरिने उहाँले बताउनुभयो ।

राहत वितरण

सुष्मा कोइराला मेमोरियल ट्रष्टले देशका विभिन्न भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ ।

ट्रष्टले काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो । वितरण गरिएको सामग्रीमा चामल, चनाकेराउ, तेल, साबुन, कम्मल, रुमाललगायत छन् ।

ट्रष्टले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि वैशाख २९ गते गएको पराकम्पनले घरवारविहीन भएकालाई आज सिन्धुपाल्चोक बाँडेगाँउ गाविस–४, ६ र ७ का २७० घरपरिवारका पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको ट्रष्टकी अध्यक्ष सुजाता कोइरालाले जानकारी दिनुभयो ।

यस्तै ट्रष्टले बङ्गलादेशका विभिन्न सङ्घसंस्थाको सहयोगमा औषधि वितरण तथा निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । रासस