५ कार्तिक २०८३, बिहिबार

गोरखाका भूकम्प पीडितलाई मरकज लुम्बिनीको राहत सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha-rahat (4)

लुम्बिनी, ४ जेठ । गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्पबाट सबैभन्दा बढी प्रभावित गोरखाका भूकम्प पीडितलाई राहत वितरण गरिएको छ ।

मरकज अल तालिम वाददवा अल इस्लामिया तेनुह्वा लुम्बिनीले गोरखाका भूकम्प पीडितलाई राहत सामग्री बाँडेको हो । मरकजले गोरखाको बढी प्रभावित क्षेत्रका पीडितलाई बढ़ी मात्रामा राहत सामग्री बाँडेको जनाएको छ ।

जसअनुसार भूकम्प पीडितलाई दाल, भुना, कम्बल, तेल, मंजन, चामल, त्रिपाल, म्याट, चाउमिन, चियापत्ति, चिनी, लगातका राहत सामग्री बाँडेको राहत वितरण कार्यक्रममा संयोजक मौलाना नासरुद्दीन सलाफीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहत सामग्री पाएपछि भूकम्प पीडितले केही मात्रा भएपनि राहत महसुस गरेका थिए । राहत बितरणमा मौलाना नासरुद्दीन सलाफी र मक़सूद खानले सहयोगी भूमिका खेलेका थिए ।gorkha-rahat (3)gorkha-rahat (2)gorkha-rahat (1)