५ कार्तिक २०८३, बिहिबार

बागलुङका कैदीले खाना नखाएर भूकम्प पीडितलाई सहयोग गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prarena-tarai-rahat (2)
फाइल तस्वीर

– रबिना बोहरा

बागलुङ, ४ जेठ । जिल्ला कारागार बागलुङका कैदी बन्दीहरुले आफ्नो खाना खर्च कटाएर भूकम्प पीडितहरुलाई सहयोग गरेका छन् ।

भूकम्पबाट पीडित बनेका मानिसहरुलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले कैदी बन्दीहरुले १५ हजार १ सय १५ रुपैयाँ सहयोग गरेको जिल्ला कारागार बागलुङले जनाएको छ । देश विपद्को घडीमा डुबिरहेको अवस्थामा कैदी बन्दीहरुले गोरखाका भूकम्प पीडितलाई राहत स्वरुप उक्त रकम प्रदान गरिएको बताईएको छ ।

राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले आफुहरु असहज ठाउमा रहेर पनि भूकम्प पीडितहरुका लागी सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाले यस्तो विपतको समयमा सबैले एक अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला कारागार बागलुङका शसबहादुर विकले बोल्नुभएको थियो । कार्यक्रम कारागार प्रमुख गणेश श्रेष्ठको अध्यक्षता, बन्दी नाईके दुर्गा पौडेलको स्वागत मन्तव्य र रेशम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।