काठमाडौँ, ४ जेठ । भक्तपुर नगरपालिकास्थित काँक्रेबारी क्षेत्रका २१६ भूकम्पपीडित परिवारलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले आज राहत प्रदान गर्नुभएको छ ।
उक्त दलको जिल्ला कार्यालय र चिनियाँ पत्रकार झाङ जुनले संयुक्तरुपमा उपलब्ध गराएको एक बोरा चामल र एक पाकेट नुन प्रत्येक परिवारलाई वितरण गर्दै उहाँले पीडितका लागि भवन निर्माण गर्न युवादस्ताको परिचालन गरिएको उल्लेख गर्नुभयो ।
महासचिव चन्दले अस्थायी बसोबासका लागि डेढ महिने अभियान चलाएको जानकारी दिँदै पुनःनिर्माण र उद्धारका काम बाँकी भए खबर गर्न पनि आग्रह गर्नुभयो । रासस















प्रतिक्रिया