५ कार्तिक २०८३, बिहिबार

बासस्थानमा सुधार ल्याउन दुई किलोमिटर क्षेत्रमा ‘काँटेतार’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ४ जेठ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा संरक्षण गरेर राखिएका कृष्णसारको बासस्थानमा सुधार ल्याउनका लागि दुई किलोमिटर क्षेत्रमा काँटेतार लगाइएको छ ।

चरिचरन नियन्त्रण गर्न र भुस्याहा कुकुर नियन्त्रण गरी कृष्णसारको बासस्थानमा सुधार ल्याउने उद्देश्यले हिरापुर फाँटामा काँटेतार राखिएको हो ।

नौ लाख ५२ हजारको लागतमा दुई किलोमिटर क्षेत्रमा ८३० वटा सिमेन्टको पोलमा १७ क्विन्टल काँटेतार राखिएको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट पुनः स्थापना गरिएको कृष्णसार संरक्षणका लागि सामुदायिक संलग्नता परियोजनाका कार्यक्रम अधिकृत राजेन्द्र ऐरले बताउनुभयो ।

घरपालुवा चौपायाका कारण संरक्षित कृष्णसारमा रोग सर्ने सम्भावनासमेत हुने भएकाले काँटेतार लगाइएपछि सो कार्य नियन्त्रण हुने उहाँले उल्लेख गर्नु भयो ।

काँटेतार राख्नका लागि हरियो वन कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयले सहयोग गरेका छन् ।

हिरापुर फाँटामा भाले र पोथी गरी ३६ वटा कृष्णसार संरक्षित गरेर राखिएको छ ।

सन् २०१२ मा नेपालगन्ज र ललितपुरको जाउलाखेलबाट गरी २८ वटा कृष्णसार यहाँ स्थानान्तरण गरेर ल्याइएको थियो ।

बीस हेक्टर क्षेत्रमा तारजालीको बक्स बनाई कृष्णासारलाई राखिएको छ ।