२ कार्तिक २०८३, सोमबार

दोलखामा उद्धारको कार्य प्रभावकारी हुन सकेन, स्थानीय आक्रोशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbat bhukampa (3)दोलखा, ४ जेठ । दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ६ दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अपेक्षित रूपमा हुन सकेको छैन।

निरन्तर पहिरो गइरहेको र आवश्यक सामग्री पनि नहुँदा उद्धारमा समस्या भएको नेपाली सेनाको बर्दबहादुर गण चरीकोटका गणपति विश्वासविक्रम शाहले बताए।

पछिल्लोपटक वैशाख २९ गते ठूलो भूकम्पसँगै आएको पहिरो र घरमा पुरिएका धेरैको अझै उद्धार गर्न नसकेको भन्दै स्थानीय बासिन्दा सरकारप्रति आक्रोशित छन्।

भग्नावशेषमा पुरिएका शव कुहिएर दुर्गन्ध फैलिरहेको तर चाहेर पनि निकाल्न नसकिएको शाहले बताए।

उनले उद्धार र खोजीका लागि नेपाली सेनासँग आँट र साहस भए पनि आवश्यक उपकरण नहुँदा समस्या भएकाले सरकारले तत्काल त्यस्ता उपकरण उपलब्ध गराइदिनुपर्ने बताए।

उनले भत्केका घरको एउटा रड काट्न २० देखि २५ मिनेट सम्म लाग्ने तर पर्याप्त उपकरण नहुँदा खोजी र उद्धारमा समस्या हुनुका साथै धेरै समय लागेको बताएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

जिल्लाको उत्तरी २२ गाविसको केन्द्रबिन्दु रहेको सिँगटीबजारमा धेरै मानिस पुरिएको अनुमान छ।

स्थानीयका अनुसार सिँगटीबजारदेखि सोरुङझोरुङ सम्मका तीन सयजना जति बेपत्ता भएका छन्।