काठमाडौं, ४ जेठ । शून्य भन्सार सुविधा पाएपछि व्यापारीहरूले दुई साताभित्र साढे आठ लाख थान टेन्ट, त्रिपाल र तारपोलिन भित्र्याएका छन्।
तर ती सामान भूकम्पपीडित नागरिकले सहजै बजारबाट सस्तो मूल्यमा खरिद गर्न नपाएपछि व्यापारीलाई दिइएको सुविधा नियन्त्रण गर्ने निर्णयमा सरकार पुगेको छ।
सरकारले नागरिकलाई सहुलियत दरमा टेन्ट र त्रिपाल खरिद गर्न दिने सुविधा दिए पनि व्यवसायीले त्यसको दुरुपयोग गरेका छन्।
केही स्थानमा व्यवसायीले त्रिपाल र पाल लुकाएको घटना बाहिर आएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
यसले भन्सार छुटमा भित्र्याएको त्रिपाल र पालमा कतिपय व्यवसायीले बढी मूल्य असुली कालोबजारी गरेको पाइएपछि आइतबार भन्सार विभागले त्यस्ता व्यवसायीमाथि निगरानी राख्न पत्राचार गरेको छ।















प्रतिक्रिया