५ कार्तिक २०८३, बिहिबार

एमालेद्वारा राष्ट्रिय स्वयंसेवक परिचालन समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building-Bhukampa3काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भूकम्प प्रभावित अवस्थाका लागि राष्ट्रिय स्वयंसेवक परिचालन निर्देशिका–२०७२’ पारित गर्दै ७५ सदस्यीय राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गरेको छ ।
एमालेका सचिव गोकर्णराज विष्टको संयोजकत्वमा गठित सो समितिमा योगेश भट्टराई, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, थममाया थापा, अरुण नेपाल, सानुकुमार श्रेष्ठ, शेरधन राई, कर्णबहादुर थापा, राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, पशुपति चौलागाईं, योगनारायण यादव र शत्रुघन महतो रहनुभएको छ ।

यसैगरी गोकुल घर्ती, जगन्नाथ खतिवडा, जगत विश्वकर्मा, रवीन्द्र अधिकारी, विश्वनाथ प्याकुरेल, कृष्णगोपाल श्रेष्ठ, सुजिता शाक्य, सूर्य थापा, ठाकुर गैरे, खिमलाल भट्टराई, डा. राजन भट्टराई, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, मायानाथ अधिकारी, विजय सुब्बा, विरोध खतिवडा, शेरबहादुर तामाङ, पार्वत गुरुङ, सिराज अहमद फारुकी, ईश्वरी रिजाल, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, सुशीला नेपाल पनि सदस्य हुनुहुन्छ ।

यस्तै समितिका अन्य सदस्यहरुमा बोमबहादुर विश्वकर्मा, खेम लोहनी, माधव अर्याल, सोम मिश्र, देवशङ्कर पौडेल, कृष्ण खनाल, रामशरण बस्नेत, प्रतापलाल श्रेष्ठ, किशोर अधिकारी, माधव ढुङ्गेल, सुरेन्द्र मानन्धर, बिना श्रेष्ठ, निरु पाल, हरिकुमार राई, रचना खड्का, रुपनारायण श्रेष्ठ, गणेश पहाडी, खगराज अधिकारी, पुरुषोत्तम पौडेल, महेश बस्नेत, विनोद श्रेष्ठ, किशोरविक्रम मल्ल, नवीना लामा, राजीव पहारी, ऐन महर, धनबहादुर चन्द, मीठाराम केसी, केशव विष्ट, लङ्कबहादुर केसी, भक्तिमान सुब्बा, शर्मिला कार्की, मीनबहादुर शाही, राजेन्द्र अर्याल, केशवलाल श्रेष्ठ र जीतु गौतम रहनुभएको छ ।

निर्देशिकामा प्रभावित जिल्लामा यही जेठ १० गतेदेखि एक महिना स्वयंसेवक परिचालन गर्ने उल्लेख छ । यो अभियान २०७२ जेठ १० गतेबाट सुरु भई असार १० गते समापन हुनेछ ।

बैठकले ‘गाउँगाउँबाट उठ, बस्ती–बस्तीबाट उठ …’ बोलको गीतलाई अभियान गीतका रुपमा छनोट गरिएको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जनाउनुभयो ।

एमालेले यसअघि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा राहत केन्द्रीय समन्वय समिति गठन गरेको थियो ।

बैठकले दोलखा जिल्लामा राहत र उद्धार कार्यमा खटिंँदा अमेरिकी सेनाको युएस मेरिन क्रप्स युएच–१वाई हुएई हेलिकोप्टर सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमाक्षेत्र घोर्थलीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावल र जमदार बसन्त पी. तारासहित दुईजना तथा अमेरिकी सेना हेलिकप्टर चालक क्याप्टेन क्रिस नोर्गेनसहित छजना अधिकृतको दुःखद् निधन भएकोमा उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस