काठमाडौँ, ३ जेठ । नेपाल विद्यार्थी सङ्घले भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तथा पूर्वाधार निर्माणमा सघाउन आफ्ना एक लाख सदस्य परिचालन गरेको छ ।
भूकम्पको प्रभाव नपरेको जिल्लाका कार्यकर्ताहरूलाई उक्त काममा परिचालन गरिएको जनाउँदै सङ्घले आज जारी गरेको विज्ञप्तिमा तत्काल तोकिएका जिल्लामा जान सम्बद्ध सबै कार्यकर्तालाई निर्देशन दिएको छ ।
नेविसङ्घले सिन्धुपाल्चोकमा मोरङ र सुनसरी, खोटाङमा सिराहा, सिन्धुलीमा धनुषा र महोत्तरी, दोलखामा बारा, नुवाकोटमा रुपन्देही र लमजुङमा नवलपरासीका कार्यकार्र्ता खटाएको छ ।
त्यसैगरी गोरखामा चितवनका, धादिङमा झापा र इलामका, सोलुखुम्बुमा उदरपुरका, रामेछापमा सर्लाही र रौतहट, मकवानपुरमा पर्सा, ओखलढुङ्गामा सप्तरी, रसुवामा दाङ र काभ्रेमा बाँके र बर्दियाका कार्यकर्र्ता खटाइएको छ ।















प्रतिक्रिया