५ कार्तिक २०८३, बिहिबार

तनहुँमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, ३ जेठ । तनहुँमा आइतबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भानु गाविस वडा नं ५ साँखेटारका ६० वर्षीय सूर्यबहादुर गुरुङको चुँदी खोलाको बाङ्गे रह नजिकै डुबेर मृत्यु भएको छ ।

बिहान घरबाट खोलातर्फ लागेका गुरुङको उक्त रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरपरिवारले खोजी गर्दै जाँदा उनी उक्त रहमा डुबेको अवस्थामा भेटिएका थिए । त्यस्तै, गोरखाको पालुङ्टार–९ बस्ने ८० वर्षीय अमर गुरुङले तुरतुरे नजिकैको पुलमाथिबाट मस्र्याङ्दी नदीमा हाम फालेर आत्महत्या गरेका छन् । तुरतुरेस्थित पोलिक्लिनकमा उपचारका लागि आएका गुरुङ राति ३ बजे एक्कासि पुलमा गएर आत्महत्या गरेको बताइएको छ ।

गुरुङ दमका रोगी थिए । गुरुङको शव भानु–८ को टुकुटीस्थित नदी किनारमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुवै मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको छ । रासस