काठमाडौँ, ३ जेठ । भूकम्पका कारण नेकपा (एमाले)को बल्खुस्थित मुख्यालय क्षतिग्रस्त भएपछि पार्टी कार्यालय तत्कालका लागि शङ्खपार्कस्थित हाल पासाङ ल्हामू स्मृति प्रतिष्ठानको कार्यालय रहेको भवनमा सर्ने भएको छ ।
एमालेको आजको स्थायी कमिटीको बैठकले हाललाई भाडामा लिएर शङ्खपार्कका कार्यालय सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
एमालेको हालको कार्यालयको प्रवेशद्वार र पहिलो तला नै भत्किएको छ । हाल पार्टीका गतिविधि परिसरमा राखिएका त्रिपाल र प्रचार विभाग रहेको भवनबाट चल्दै आएको छ ।
पार्टीकै नाममा १० रोपनी जग्गा रहेको सो स्थलमा करिब रु एक करोड लागतमा विसं. २०५२ मा कार्यालय बनाइएको थियो । भूकम्प जानु अघि नै एमालेले पुरानो कार्यालय साँघुरो भएको ठानी नयाँ फराकिलो स्थानमा कार्यालय खोज्दै आएको थियो । रासस















प्रतिक्रिया