५ कार्तिक २०८३, बिहिबार

बर्दियाका ४० प्रतिशत विद्यालय भूकम्पको जोखिममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-girl– सुदीप अधिकारी

बर्दिया, ३ जेठ । बर्दियामा करिव ४० प्रतिशत सरकारी विद्यालय भूकम्पको उच्च जोखिममा छन् । जिल्लाका विद्यालय मध्ये पुराना विद्यालयहरु भूकम्पको बढी जोखिममा रहको बताइएको छ । बैशाख १२ र २९ गते आएको महाभूकम्पको धक्का यहाँ पनि महशुस गरिएको थियो । पहिलो पटकको भूकम्पमा यहाँका सरकारी विद्यालय भवनमा खासै असर देखिएको थिएन । तर, पछिल्लो पटक बैशाख २९ गते आएको दोस्रो भूकम्पको धक्काले विद्यालयहरुमा धेरै असर परेको छ ।

जिल्ला शिक्षा कार्यालयको प्ररम्भिक रिर्पोट अनुसार पछिल्लो भूकम्पको धक्काले करिव एक सयको हाराहारीमा सरकारी विद्यालयका भवन चर्केका छन् । अधिकाशं पुराना विद्यालयका भवनहरु चर्केको बताइएको छ । ‘पहिलो पटकको धक्काले खासै असर गरेको थिएन । तर, पछिल्लो पटकको धक्काले करिव ४० प्रतिशत विद्यालय चर्केको प्रारम्भिक जानकारी आएको छ । यसले गर्दा जोखिम निकै बढाएको छ,’ जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले भने ।

बर्दियामा २ सय ९९ सरकारी विद्यालयहरु छन् । संख्यागत रुपमा हेर्दा करिव एक सय विद्यालयका भवन चर्केको पाइएको शिक्षा अधिकारी शाहले जानकारी दिए । यो संख्या अझै बढन सक्ने बताइएको छ । नयाँ बनाइएका विद्यालय भवनमा भने केही नभएको उनले बताए । शिक्षा अधिकारीका अनुसरा जिल्ला शिक्षा कार्यालयको भवनसमेत चर्केको छ ।

शिक्षा कार्यालयले स्रोतव्यक्तिहरुलाई भवनको अवस्था बुझन खटाएको् जनाएको छ । जेठ ३ गते जिल्ला भरका स्रोतव्यक्तिको बैठकमा भूकम्पले विद्यालयहरुमा पुर्याएको क्षतीको यथार्थ विवरण आउने बताइएको छ ।

विद्यालयहरुले चर्केकै भवनमा राखेर विद्यार्थी पढाउने गरेका छन् । भवन चर्के पछि विद्यार्थीहरु निकै त्रसीत भएका छन् । चर्केको भवनमा बसेर पढनु पर्दा निकै डर लाग्ने गरेको विद्यार्थीहरुको भनाई छ । भवन अभावका कारण बाध्य भएर विद्यार्थीलाई चर्केको भवनमा बसाल्नु परेको विद्यालयका प्रधानाध्यपकहरुको तर्क छ । चर्केका विद्यालयमा बस्न हुने नहुने छुट्याउने प्रविधिकहरु यहाँ अझै आएका छैनन् ।