काठमाडौं, ३ जेठ । भूकम्प पीडितका नाममा आएको राहत सामग्रीको दुरुपयोगबारे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र सुरक्षा निकायबीच विवाद भएको केही दिनपछि नै ७० ट्रकभन्दा बढीको राहत सामग्रीको कालोबजारी भएको नयां तथ्य फेला परेको छ ।
त्यसैगरी ३ लाख पाल खरिद गर्न सरकारले छोटोसयमको सूचना जारी गरी प्रस्ताव आह्वान गरेकोमा व्यापारीको इन्ट्रेष्ट पूरा हुन नसक्दा विना निर्णय हालसम्म थन्क्याएको पाइएको छ ।
सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिल्ल कर्पोरेशनले ९ सय रुपैंया प्रतिगोटा दिनसक्ने प्रस्ताव गरेपछि महंगोमा किन्ने प्रस्तावहरुको इच्छा पूरा हुन नसक्दा पाल आयात अनिर्णित बनेको हो ।
उता,भन्सारबाट निशुल्क सामानको विवरण भर्दै ७० भन्दा बढी ट्रक सामान राजधानी काठमाडौं भित्र्याउंदा पनि बेखबर बनेको सरकारले गत बुधबार भारतबाट आएका दुईवटा ट्रक पक्राऊ गरेपछि अदृश्य व्यापारीले कालोबजारी गरिरहेको भन्दै अनुसन्धान शुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
भन्सार कार्यालय भैरहवाको रेकर्डमा राहत सामग्री आएको भएपनि काठमाडौंको नाका थानकोट कटेपछि सरकारको कुनै पनि निकायमा ती सामग्रीको विवरण छैन ।
नयां दिल्लीस्थित संयुक्त अरब इमिरेट्स९युएई०को दूतावास, दुवईको रेडक्रस तथा दुबईका अमिरले पठाएको राहतका नामामा भित्र्याइएका ती सामग्री कुनै व्यापारीले लैजाने गरेको भए पनि ती ब्यापारी को हुन् भन्ने यकिन जानकारी सरकारले दिएको छैन ।















प्रतिक्रिया