५ कार्तिक २०८३, बिहिबार

एमाओवादी भन्छ-‘जसरी पनि चाँडो राष्ट्रिय सरकार चाहियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dahal Chairs 30 Parties Meetingकाठमाडौँ, २ जेठ । एकीकृत नेकपा(माओवादी)ले राष्ट्रिय विपद्को समयमा सबै राजनीतिक दलको साझा सङ्कल्प जरुरी हुनेमा जोड दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले विपद्लाई सामना गर्न र त्यसले पारेको क्षतिलाई न्यूनीकरण गर्दै पुनःनिर्माणमा जुट्नका लागि राष्ट्रिय सहमतिको सरकार नै उत्तम विकल्प भएको बताउनुभयो ।

नवनिर्माणको लागि बलियो र कामकाजी सरकारको जरुरत रहेकोमा जोड दिँदै उहाँले परम्परागत तवरले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण हुन नसक्ने र जनताले वस्तुनिष्ट राहतसमेत नपाउने धारणा राख्नु भयो ।

भूकम्प प्रभावित क्षेत्रका जनताले प्रभावकारी रुपमा राहत पाउन नसकेको र विभिन्न जिल्लामा चरम राजनीतिकरण गरिएको भन्दै उहाँले आफ्नो पार्टीले गैरकानुनी काम नगर्न र सबै पीडितलाई समान ढङ्गले राहत वितरण गर्न सरकारसँग आग्रह गरेको बताउनुभयो ।
उहाँले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको एक लाखभन्दा बढी नेता तथा कार्यकर्ता भूकम्पपीडितको राहत, पुनःनिर्माणमा खटेको जानकारी दिनुभयो । रासस