काठमाडौं, २ जेठ । भूकम्पको निशानामा परेको दोलखामा फेरि अर्काे भूकम्प गएको छ ।
शनिवार राति ८ बजेर ४४ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकमप मापन केन्द्रले जनाएको छ ।
यो भूकम्पसँगै आज पनि दोलखामा ४ वटा भूकम्प कम्पन भएका छन् । शुक्रबार पनि दोलखामा चार वटा भूकम्प कम्पन भएका थिए । यसअघि ५ बजेर १९ मिनेटमा ५.५ रेक्टर स्केलको भूकम्प पनि दोलखामा कम्पन भएको थियो ।















प्रतिक्रिया