५ कार्तिक २०८३, बिहिबार

पूर्व युवराज्ञी हिमानीले भूकम्प पीडितलाई २०० घर बनाउन ३ हजार जस्तापाता बाँडिन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-sahaधादिङ, २ जेठ । हिमानी कोषले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई आज तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ ।

गएको वैशाख १२ गतेदेखि आएको भूकम्पका कारण त्यस आसपास क्षेत्रका घर भत्किएर स्थानीय बस्न नपाएपछि उनीहरुलाई पुनःनिर्माणमा सहयोग गरिएको हो ।

उक्त गाविसमा करिब एक हजार २०० घरधुरी रहेका तथा ९ वडामध्ये ३, ४, ५ र ६ का स्थानीयलाई टहरा बनाई पुनर्वास गराउने उद्देश्यले कोषले ती सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।

कोषका अध्यक्ष हिमानी शाहले स्थानीयलाई सहयोग प्रदान गर्दै विनाशकारी भूकम्पका कारण राष्ट्रमा ठूलो धनजनको क्षति भएको र यस्तो अवस्थामा दुःखमा परेका नागरिकलाई कोषमार्फत मानवीय सहयोग गरिएको बताउनुभयो ।

उहाँले अहिले सङ्कटको समयमा सम्पूर्ण नेपाली एकजुट भई एक अर्कालाई सहयोग र सद्भाव कायम गरी पुनःनिर्माणमा जुट्नपर्ने धारणा राख्नु भयो । रासस