५ कार्तिक २०८३, बिहिबार

मोदीले भने-‘नेपाल र भारत सुख दुःखका साथी हुन्, हामी सहयोग गरिरहन्छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-pmकाठमाडौँ, २ जेठ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाललाई हरसम्भव सहयोग गर्न भारत तत्पर रहेको बताउनुभएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाँले पुनःस्थापना र पुनर्निर्माणका काममा सक्दो सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका नेपाली समकक्षी सुशील कोइरालाबीच यसैसाता भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले नेपाललाई हरतरहले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताउँदै उहाँले भन्नुभयो, –“भारत र नेपाल सुख दुःखका साथी हुन्, विपद्को यो घडीमा हामी नेपाललाई साथ र सहयोग दिइरहन्छौँ”

प्राचीन कालदेखि नै नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र पछिल्ला दिनमा त्यसले नयाँ उचाइ प्राप्त गरेको उल्लेख गर्दै भारतीय राजदूतले नेपाल भारतको उच्च प्राथमिकताप्राप्त मुलुक भएको स्पष्ट गर्नुभयो ।

यसअघि नरेन्द्र मोदीले जर्मनी पुगेर नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतका हुन भनेर भाषण गरेका थिए ।