५ कार्तिक २०८३, बिहिबार

लिची खाँदा दुई बर्षीय बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lichiदमक, २ जेठ । लिचीको दाना अड्किएर झापा दमकका एक काखे बालकको आज मृत्यु भएको छ । दमक–१ घर भएका मनमाया मगरका दुई वर्षीय बालक रिदम मगरको मृत्यु भएको हो ।

लिची खाँदा अचानक घाँटीमा लिचीको दाना अड्किएको उनको दमकस्थित लाइफ लाइन अस्पतालमा ल्याउनाका साथ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर सूर्यनारायण शाहले बताउनुभयो ।

लिचीको दाना घाँटीमा अड्किएर श्वासप्रश्वास रोकिन गएपछि बालकको मृत्यु भएको डा शाहले बताउनुभयो । रासस