काठमाडौँ, २ जेठ । देशका विभिन्न भागमा वैशाख २९ गते आएको भूकम्पको पराकम्पनमा परी आज बिहान ९ः०० बजेसम्म १ सय ३६ जनाको ज्यान गुमेको छ भने दुई हजार ९ सय ५६ जना घाइते भएका छन् ।
भूकम्पबाट ज्यान गुमाउनेमा काठमाडौँ उपत्यकामा ११, पूर्व क्षेत्रमा चार, मध्य क्षेत्रमा १ सय १८ र पश्चिम क्षेत्रमा तीन जना छन् भने घाइते हुनेमा उपत्यकामा एक हजार ७ सय ३९, पूर्व क्षेत्रमा १ सय २१, मध्य क्षेत्रमा ९ सय ७२, पश्चिम क्षेत्रमा १ सय १० र मध्यपश्चिम क्षेत्रमा १४ जना छन् । मृतक १ सय १३ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइतेमध्ये १ हजार ६ सय ९८ जना विभिन्न अस्पतालमा उपचाररत रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भूकम्पमा परी घाइते भएका नेपाल प्रहरीका ४३, नेपाली सेनाका छ र सशस्त्र प्रहरीका ११ जनासमेत उपर्युक्त सङ्ख्यामै समावेश गरिएको छ । भूकम्पमा परी चार जना बेपत्ता भएका छन् । भूकम्पबाट हालसम्म तीन हजार ६ सय २७ पूर्ण रुपमा र पाँच हजार १ सय ९० आंशिक रुपमा गरी जम्मा आठ हजार ८ सय १७ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैगरी देशका विभिन्न भागमा यही वैशाख १२ गते आएको शक्तिशाली भूकम्पमा परी आज बिहान ९ः०० बजेसम्मको प्राप्त जानकारीअनुसार आठ हजार ३ सय ४९ जनाको ज्यान गुमेको छ भने १७ हजार ८ सय ७० जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार सात सय ९, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा छ हजार एक सय ६४, पश्चिम क्षेत्रमा चार सय २१ र मध्यपश्चिम क्षेत्रमा दुई जना छन् । घाइते हुनेमा उपत्यकामा १० हजार सात सय ७३, पूर्व क्षेत्रमा तीन सय २५, मध्य क्षेत्रमा पाँच हजार पाँच सय ५०, पश्चिम क्षेत्रमा एक हजार एक सय ९८, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा दुई जना छन् ।
उक्त विनाशकारी भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ तथा घाइते भएका नेपाल प्रहरी १ सय ४०, सशस्त्र प्रहरी २१ र विदेशी पर्यटक ५० जनाको सङ्ख्यासमेत ती सङ्ख्यामै समावेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २ सय ५२ र विदेशी नागरिक १ सय १० जना बेपत्ता भएका छन् ।
उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार एक सय ३०, पूर्व क्षेत्रमा ३५ हजार चार सय ५४, मध्य क्षेत्रमा एक लाख ९८ हजार दुई सय ८३, पश्चिम क्षेत्रमा एक लाख १३ हजार नौ सय ४२, मध्यपश्चिम क्षेत्रमा तीन हजार एक सय ५४ र सुदूरपश्चिम क्षेत्रमा ३४ गरी चार लाख १७ हजार नौ सय ९७ भौतिक संरचना क्षति भएका छन् । रासस













प्रतिक्रिया