२ कार्तिक २०८३, सोमबार

कांग्रेसद्वारा भूकम्पपीडितका लागि नगद पैसा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, २ जेठ । कांग्रेसको भूकम्प राहत र पुनःस्थापनासम्बन्धी अनुगमन समितिले घरबारविहीन भएकालाई अस्थायी बसोबासका लागि जस्तापाताको सट्टा सोझै आर्थिक सहयोग गर्न सरकारलाई आग्रह गरेको छ ।

वर्षायाम सुरु हुन लागेकाले तत्काल अस्थायी बसोबास व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै समितिले सरकारले वितरण गर्दा ढिलो हुने जिकिर गरेको कान्तिपुर दैनिकले छापेको छ ।

‘अस्थायी बसोबासका लागि जस्तापाता लगायतका सामग्री सरकारले वितरण गर्नुभन्दा पीडित परिवारलाई प्रत्यक्ष रकम तत्काल उपलब्ध गराए छिटो निर्माण गर्न सक्ने देखिन्छ’ समितिले भनेको छ ।

वरिष्ठ नेता शेरबहादुर देउवा नेतृत्वको समितिको शुक्रबारको बैठकले राहत वितरण र पुनःस्थापनसम्बन्धी गतिविधिको समीक्षा गरेको छ । सरकारी निकायबाट भइरहेका काम समयमै पूरा हुने सुनिश्चितता गर्न नसकिने अवस्था रहेको उसको निष्कर्ष छ ।

‘हालसम्म राहत वितरणको प्रक्रियाको अनुगमन गर्दा, समयमा सम्बन्धित स्थानमा सबैको पहुँचमा पुगेको छ भन्ने कुराको सुनिश्चित गर्न सकिएन’, समितिको सुझाव छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट भइरहेको खाद्यान्न, पाल लगायतका विभिन्न राहत सामग्रीलाई व्यवस्थित ढंगबाट वितरण गरी सबै प्रभावितसमक्ष पुर्‍याउन सरकारले समन्वयात्मक भूमिकालाई प्रभावकारी बनाउनुपर्ने समितिको ठहर छ ।

जोखिमयुक्त र भग्नावशेषमा परिणत भवनहरू तल्काल हटाउन, राहत वितरण प्रक्रियालाई निष्पक्ष र प्रभावकारी बनाउन र राहत कार्डको व्यवस्था मिलाउन पनि उसले सरकारको ध्यानाकर्षण गराएको छ ।