गुल्मी, १ जेठ । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बामी–८ बस्ने २६ बर्षीय डम्बरसिंह छत्याललाई प्रहरीले पक्राउ गरेको छ ।
छत्यालले बुधबार सोही ठाउँ बस्ने ९ बर्षीया बालिकालाई बारीमा घाँस काट्न गएको मौकामा जवरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी बामीमा विहीबार प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, रोल्पाको झिनाम–९ बस्ने २३ वर्षीया बिन बस्नेत उनकै घरको माथिल्लो तलामा बिषादी सेवन गरी मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया