५ कार्तिक २०८३, बिहिबार

भूकम्पमा परेका आमाछोरीको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ जेठ । गत बैशाख १२ गतेको विानशकारी भूकम्पमा परी वेपत्ता भएका आमाछोरीको शव आज फेला परेको छ । भूकम्पको कारण सोरपानी–८ मा पहिरो जाँदा पुरिएका वारपाक–१ बस्ने २३ वर्षीया अञ्जु विक र उनकी ८ महिनाकी छोरी पूजा विकको शव नेपाल प्रहरी र स्थानियले शुक्रबार फेला पारी आफन्तलाई बुझाएका छन् ।

यस्तै, भूकम्पमा परी घाइते भएका सिन्धुपाल्चोक भोटेचौरकी ८२ वर्षीया लम्फुकुमारी दंगालको सैनिक अस्पताल छाउनी काठमाडौंमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।

यसैगरी बैशाख १२ गते आएको भूकम्पको कारण घाइते भएकी भक्तपुर नगरपालिका–१ सूर्यमणी बस्ने १५ वर्षीया एलिसा ग्वाथाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।